हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले असोज २६ गते शुक्रबार एकैदिन वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन क्यापिटलले रजिस्टर्ड कार्यालय ठमेलमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ भने सिभिलको १५ औं वार्षिक साधारण सभा सीटीसी मल सुन्धारामा मध्याह्न १२ः३० बजेदेखि आह्वान गरिएको छ ।
एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका दुई कम्पनीले यसअघि नै विशेष साधारण सभा मार्फत दुबै कम्पनीले प्रस्ताव पारित गरिसकेका छन् । गत भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेका थिए ।
दुबै क्यापिटलको सभाले आर्थिक वर्ष २०७९र८०को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति र समाहित पश्चात प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै हिमालयन क्यापिटलले सञ्ंचालक समितिको बैठक सम्बन्धी व्यवस्था संशोधन गर्ने र सो पश्चात प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका साथै नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यक्ता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि विशेष प्रस्तावको रुपमा पारित गर्नेछ । त्यस्तै सभाले स्वतन्त्र तथा महिला सञ्चालक पुनः नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाबाट प्रस्ताव अनुमोदनपछि दुई संस्थाले एकीकृत कारोबार थाल्नेछन् । जसअनुसार सिभिल क्यापिटल मार्केट लिमिटेड हिमालयन क्यापिटल लिमिटेडमा बिलय हुनेछ । बिलय हुँदा सिभिल क्यापिटलको १०० कित्ता नै कायम हुनेछ भने हिमालयन क्यापिटल लिमिटेडको १०० कित्ता घटेर ३१ कित्ता बराबर कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया