दसैं लक्षित नयाँ नोट : एक जनाले १८ हजार ५ सयसम्म साट्न पाउने


नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट साट्न दिने भएको छ  । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैङ्कको तयारी छ ।

हाल नयाँ नोटकाबारे राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन गर्ने काम गरिरहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैङ्कले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

राष्ट्र बैंकले सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको भएतापनि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भएकोले यस वर्ष पनि नियमित कार्यक्रम सरह मानेर वितरण गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०८०, मंगलबार  ११ : ३० बजे