टेलिकम्युनिकेशन ट्राफिक अनुगमन र नियन्त्रण किन आवश्यक छ ?

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरण किन टेलिकम्युनिकेशन ट्राफिक अनुगमन र नियन्त्रण प्रविधि TERAMOCS (Telecommunication Traffic Monitoring and Fraud Control System)  जडान गर्न चाहन्छ ?

दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण / न्युनीकरण गर्न तथा सेवाप्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसंचार ऐन, २०५३ को दफा १३ (छ) अनुसार दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि TERAMOCS स्थापना गर्न लागेको हो ।

दूरसञ्चार ऐन,२०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसञ्चार कम्पनीहरुको घट्दो राजस्व को कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा VOIP जस्ता अपराधिक क्रियाकलापहरु रोक्न / पहिचान गर्ने कार्यमा यसप्रणालीले सहयोग गर्नेछ |

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको बार्षिक आय घटीरहेको, कम्पनीको नेटवर्क को विस्तार र ग्राहक संख्यामा वृद्धि हुँदै गर्दा पनि आम्दानी घट्नेक्रम जारीरहेको, पटक/ पटक कम्पनी हरुको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्वन्धमा विभिन्न क्षेत्रबाट प्रश्नहरु उठिरहेको र प्राधिकरणको तर्फबाट गुणस्तर एकीन गर्न नमुना ड्राइभ टेस्ट गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहक को सेवा पाउने आधिकार तथा नेपाल सरकारले गुमाई रहेको अरबौको राजश्वको रोक थाम गर्नु का साथै भबिश्य मा राज्य ले आपनाउनु पर्ने नीति नियमको तर्जुमा गर्न को लागि पनि TERAMOCS सिस्टम जडान गर्न लागिएको हो ।

मोबाइल अपरेटर्स तथा कल वाइपास सम्बन्धमा केही तथ्यहरु :

मोबाइल अपरेटरको  आम्दानी निरन्तर घटिरहेको सम्बन्धमा:

आ.व.

ग्राहकको संख्या

जम्मा कारोबार रकम

आ.व. २०७४/७५

 

       ९८.६८ अर्ब

आ.व. २०७५/७६

१.४५ करोड

९२.१२ अर्ब

आ.व. २०७६/७७

१.९४ करोड

८१.१२ अर्ब

आ.व. २०७७/७८

२.८४ करोड

७५.७१ अर्ब

आ.व. २०७८/७९

२.७१ करोड

७७.०५ अर्ब

             

आ.व. २०७४–७५ को अम्दानीको तुलनामा २०७८।७९ मा करिब २१ अर्ब वार्षिक रुपमा कमी आएको हुँदा के कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन पनी यस प्रविधिको जडान गर्न अति नै आवस्यक देखिएको छ ।

कल वाइपास

२०६८ बाट २०७६ सम्मको CIB को विवरण तथ्यांक अनुसार कल वाइपासबाट मात्र १२ अर्ब भन्दा धेरैको आम्दानी गुमेको देखिन्छ भने सीअइबीको पहुँच बाहिरको रेभेन्यूको कुनै हिसाब किताब हुन सकेको छैन । अतः यस्तो अवस्थामा वास्तविकता पता लगाउन यो  प्रणाली जडान गर्न अति आवस्यक देखिन्छ।

TERAMOCS कस्तो प्रविधि हो ?

TERAMOCS प्रणाली पुर्ण विकसित दूरसञ्चार क्षेत्रमा हुने Fraudulent Activities, Voice तथा Data Services को गुणस्तर मापन तथा अनुगमन र voice तथा Data को त्यतब Total Volume  परिक्षण गर्ने प्रविधि हो । यस परियोजनाको प्रमुख उदेश्य voice तथा Data सेवाको (QOE & QOS) गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकत्तम स्तरिय सेवा प्रदान गरी प्रति प्रयोग कर्ता औसत राजस्व (ARPU) लाई सुधार गरेर टेलिकम राजस्व बढाउन मद्दत गर्नु हो ।

यसले अपरेटरहरु द्वारा निक्रीयोल गरीएको ट्राफिक भोल्युम सही र पुर्ण रुपमा भए नभएको सुनिश्चित गर्दछ | Fraudulent Activities (i.e Call bypass)  क्रियाकलाप बाट हुने करोडौको राजस्व चुवावट लाई रोकी नेपाल सरकार को समग्रमा राजस्व बठाउन मद्धत गर्दछ ।

यस प्रविधिका मुख्य विशेषताहरुः–

  1. Project Deliverable

-Traffic Measurement and Monitoring System (TMS)

-Operator ले Declare गरेको Volume ठिक छ/ छैन परिक्षण गर्ने |

-Operator ले गर्न सक्ने Uundeclared/ Under Declaring Volume लाइ पुर्ण रुपमा नियन्त्रण गर्ने |

-ETSI (European Telecommunication Standard Institute) तथा ITU (International Telecommunication Union ) ले Quality of Service सम्वन्धि निर्धारण गरेको मापदण्ड अनुसारको सेवा सेवा प्रदायकहरुले ग्राहक लाई उपलव्ध गराए/ नगराएको मापन गर्ने |

  1. Network Monitoring System (NMS)

 Network Monitoring System (NMS) अन्तर्गत सेवा प्रदायकको Site मा Probe Equipment Install गरी सेवा प्रदायकको Transmission Link लगायतका अति आवश्यक Networking Equipment को अनुगमन गर्नु हो | यसले गर्दा उपभोक्ताले पाउनु पर्ने सुविधा तथा समय समयमा सेवा प्रदायकले मर्मत सम्भार(Maintenance) गर्नु पर्नेमा सो गरे/ नगरेको अनुगमन गर्ने हो |

  1. Fraud Management System (FMS)

Fraud Management System पनि यो परियोजनाको अत्यआवस्यक एउटा महत्वपुर्ण Component हो | जसले Telecommunication Industry मा Fraudulent Activities लाई रोकी सेवा प्रदायक तथा नेपाल सरकारको राजस्व बृद्धिमा उल्लेखनिय भुमिका खेल्दछ ।

Telecommunication मा हुने विभिन्न खालका Fraud Activities (Bypass Fraud, International to National Traffic Refiling, False Answer Supervision, OTT Bypass Fraud, Call Spoofing, Wangiri Attacks, PBX Tracking, ROBO Calls, Roaming Fraud, Subscriber Fraud, SIM Cloning, IRSF Fraud, Operator Internal Fraud) हरुले Telecom क्षेत्रको Revenue मा Direct Impact पारी अपरेटर, उपभोक्ता, नेपाल सरकारले पनि करोडौंको राजस्व गुमाई रहेको अवस्थामा यस प्रविधिले उक्क्त वित्तीय अपराधलाई रोक्न महत्वपुर्ण भुमिका खेल्दछ |

मोबाइल अपरेटरको आशकां के हो ?

ग्राहकको गोपनियता तथा भ्वाइस कल ट्यापिङ हुन सक्ने आशंका

तथ्य के हो ?

Probing Hardware Firmware र Probing Analyzer Software लाई नियामक निकाय (NTA) को आवश्यकता अनुरूप डिजाइन गरिएको हो । NTA को Probing Solution भ्वाइस मिडिया फाइलहरू वा एसएमएस(Voice Call तथा SMS Content) सामग्रीहरूमा कुनै अन्तरदृष्टि बिना Voiceतथा SMS को CDR मात्र सङ्कलन गर्न डिजाइन गरिएको हो। यसको मतलब यो हो कि TERAMOCS प्रविधिसँग Mobile Operator वा Media File मा कुनै पनि पहुँच नहुने र कुनै आवाज रेकर्डिङ वा SMS पढ्न सम्भव छैन । मिडिया प्याकेटहरू (Media Packet) “RTP” प्रोटोकल (Protocal) सँग ट्याग गरिएका हुन्छ र  Mobile Operator  हरूले तिनीहरूले सिग्नल ट्राफिक (Single Traffic) मा के पठाउँछन्  भन्ने कुरा नियन्त्रण गर्न सक्छन यो कुरा विभिन्न Mobile Operator का विशेषज्ञहरुले  पुष्टि गरि सकेको कुरा हो । त्यसकारण, RFT Traffic लाई कुनै किसीमले पनि बिश्लेष्ण गर्न नसकिने हुँदा अहिले गर्न लागीएको Firmware तथा  Protocol Analyzer Software पनि  RFT Traffic Content  लाई Analyzerभित्रका कुराहरु Voice Call तथा SMS Content पढ्न सक्दैन |

(The probing hardware firmware and the probing analyzer software are designed to adapt to the regulator’s needs. NTA’s probing solution is designed to collect and read only the CDR of voice and SMS without having any insight into the voice media files or SMS contents. This means that TERAMOCS will never have any access to the media itself, and no voice recording or reading of SMS is possible. The media packets are tagged with the “RTP” protocol, and the mobile operators can control what they send among the signaling traffic (This point was confirmed by the mobile operator’s specialists on several occasions).  Therefore, RTP traffic will not be analyzed in any way since the current firmware as well as the protocol analyzer software is not supporting such a protocol.)

 Telecom Operator को Data Privacy लगायत आफ्ना सरोकारका बिषयलाई निम्न लिखित उपायहरु अबलम्बन गर्न सक्छन्:

1.Contractual Agreement:

Mobile Operatorहरुले आफ्नो ग्राहकको Data Privacy लगायत आफ्नो सरोकारलाई राखेर प्राधिकरणसंग Contractual Agreement (कानुनी सम्झौता) पनि हर्न सक्छन |

  1. Regular Audit:

प्राधिकरणसंग Contractual Agreement (कानुनी सम्झौता) अनुसार भए नभएको सम्वन्धमा सेवा प्रदायकहरुले Third Party System Auditor मार्फत Agreement अनुसारको Data Privacy ,Transmission Link लगायतका विषयमा Audit गर्न सक्छन |

3 . Data Encryption:

दूरसंचार सेवाप्रदायकहरुलाई यस TERAMOCS प्रविधिले ग्राहकको गोपनियता लगायत अरुको अनधिकृत पहुच हुन्छ भन्ने लागेमा प्राधिकरणलाइ उपलव्ध गराउने Data लाइ Encrypted गर्न सक्छ | यसबाट ग्राहकको विवरण वा सेवाप्रदायकले दिन नचाहेको सुचना प्रवाह हुँदैन |

यस प्रणालीको उदेश्य ग्राहकको कल ट्यापिङ गर्ने, ग्राहको एसएमएस कन्टेन्ट  हेर्ने नभई राज्यको अर्बौ आम्दानी किन घट्यो, प्राधिकरणले तोके बमोजिम सेवाको गुणस्तर (Quality of Service) सेवा प्रदायकले ग्राहकलाई उपलव्ध गराएको छ कि छैन, मोबाइल अपरेटर नाफा मुखी मात्र भएर km गुणस्तरीय सेवा दिई उच्च गुणस्तर मूल्य लिई रहेका छन् छैन भन्ने निर्कोल गर्नु हो ।

TERAMOCS प्रविधिले के गर्छ के गर्दैन ?

के गर्छ

के गर्दैन

Operator ले Declare गरेको International/ National Voice call & SMS को  Total Volume ठिक छ छैन  Monitor गर्छ ।

यसले कुनै पनि ग्राहकको Voice Tapping  गर्दैन ।

Operator ले गर्न सक्ने undeclared तथा Under Declaring Call & SMS Volume लाई पूर्ण रुपमा नियन्त्र गर्छ ।

यसले कुनै पनि ग्राहकको SMS Content हेर्न सक्दैन ।

ETSI (European Telecommunication Standard Institute ) तथा ITU (International Telecommunication Union ) ले निर्धारण गरेको  Quality of Service operator ले Consumer लाई दिए नदिएको निर्धारण गर्छ ।

यस प्रविधिले Receive गर्ने Voice तथा SMS को Signal मा “RTP” Protocal Tagged गरेको हुदा SMS को Content Read गर्न सक्दैन साथै यस प्रविधिले Operator को Media File Access नगर्ने हुँदा Voice Tapping हुन् सक्दैन ।

Operator को Network ठिक भएको नभएको र  Regulator को Guide line अनुसार भए नभएको Monitoring गर्छ ।

यस प्रविधिले Mobile Network Operator को system को Performance घटाउँदैन ।

Call bypass लगायत Telecome मा हुने विभिन्न खाले Fraudulent Activities लाई नियन्त्रण गर्छ ।

यस प्रविधिले Mobile Network Operator को Network मा Secure VPN Tunnel बाट मात्र Connected हुने भएकोले Security Threat Create गर्ने काम गर्दैन ।

Operators अथवा VOIP call bypass लगायतका Fraudulent activities बाट हुने अरबौको क्षतिलाई न्यूनीकरण गरी राजस्व बृधि गर्न मदत गर्छ ।

NTA को Authorized Person देखि वाहेक System Access गर्न पाउँदैन ।

Telecom Authority ले भविष्यमा अवलम्बन गर्ने नीती नियमको लागी मार्ग दर्शन गर्छ ।

ग्राहकको व्यक्तिगत Data मा TERAMOCS प्रविधिको पहुच नहुने हुँदा व्यक्तिको गोपनियतामा कुनै आँच आउँदैन । TERAMOCS प्रणालीको लागि Primary Data Center प्राधिकरणको चावहिलस्थित भवन र Disaster Recovery Center (DRC) नेपाल सरकारको हेटौंडास्थित DRC मा हुने भएकोले कुनै विवरण वा सूचना विदेशमा हुँदैन

सारांश:

टेलिकम अपरेटरको ग्राहकको सख्यां बढ्दै जाने भ्वाइस डेटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने तर विगतका वर्षको तुलनामा वार्षिक रुपमा २० औं अर्बभन्दा बढी टेलिकम अपरेटरको रेभेन्यू घट्नुको यथार्थ चित्रण गर्न साथै कल वाइपासबाट राज्यलाई अर्बौको क्षति भई रहेकोमा सोको पत्ता लगाई यसको न्यूनिकरण गर्न, दूरदराजका ग्राहकले गुणस्तरिय सेवा नपाउने, हप्तौंसम्म सेवा प्रदायकहरुले विग्रिएका सेवा सुचारु नगर्ने,  बेला बेलामा टेलिकमको बिलिङमा वास्तविक वा कृतिम समस्या आउनु वा समयमै बिलिङ सिस्टम परिवर्तन / अपग्रेड नगर्दा अन्डर बिलिङ हुन गई राजस्वमा भएको घाटा पता लगाउन र यसको जानकारी नियामक निकायलाई उपलव्ध नगराइने लगायतका बेथिति विसंगतिहरुलाई नियमन गर्नका लागी TERAMOCS प्रविधि जडान गर्न लागिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।