कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु मार्फत करिब ७७ हजार भन्दाबढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

बैंकको स्थापनाकाल देखिनै यस बैंकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ ।

साथै सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमकाबीच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णालीवासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरुसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सवैलाई निर्देशन दिए ।

बैंकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याई सकेको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।