जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासमा संकलन गरे पौने ४१ अर्ब कुल बीमाशुल्क

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० अर्ब ८० करोड १६ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३८ लाख ६४ हजार ८५० वटा बीमालेख जारी गरेर उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

असोज समान्तसम्ममा जीवनबीमा कम्पनीहरुले प्रथम बीमशुल्क वापत ६ अर्ब ७१ करोड ९६ लाख ३ हजार रुपैयाँ र नवीकरण शुल्क वापत ३४ अर्ब ८ करोड २० लाख १६ हजार गरी कुल ४० अर्ब ८० करोड १६ लाख १९ हजार रुपैयाँ संकलन भएको हो । असोज महीनामा मात्रै जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत २ अर्ब ३८ करोड ४२ लाख २९ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ९ अर्ब २८ करोड ७५ लाख ५२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल ११ अर्ब ६७ करोड १७ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलनगरेका हुन् । चालु आवको तीन महीनामा जीवन बीमा कम्पनीहरुले ९ लाख १६ हजार ९३ वटा बीमालेख जारी गरेका छन् ।

आव २०७९/८० को प्रथम त्रैमासमा बीमा कम्पनीहरुले १ करोड ३८ लाख ८३ हजार २५६ वटा बीमालेख जारी गरी ३५ अर्ब ७७ करोड ६८ लाख ५८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । गत आवको प्रथम त्रैमासको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १४.०४४७ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज महिनासम्ममा संकलित बीमाशुल्कमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कुल १० अर्ब ९५ करोड १ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो ठूलो बीमाशुल्क उठाएको लाइफ इन्स्योरेन्स कर्पोरेसनको कुल बीमशुल्क ४ अर्ब ५० करोड रुपैयाँ छ । हिमालयन लाइफ इन्स्योरेन्सले असोजमसान्तसम्ममा ४ अर्ब ३८ करोड ४ लाख २६ हजार रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ भने नेशनल लाइफले ४ अर्ब १९ करोड २६ लाख २५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड ६० लाख २४ हजार रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३० करोड ४६ लाख ६ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९० लाख २८ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ५१ करोड ८६ लाख १८ हजार रुपैयाँ तथा सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड ४५ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै अमेरिकन लाइफ इन्स्योरेन्स मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड ६७ लाख ९ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १५ करोड १५ लाख ८९ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड २ लाख १५ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब १ करोड २८ लाख ६७ हजार रुपैयाँ कुल बीमशुलक संकलन गरेको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम बीमशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ । सो कम्पनीले असोज मसान्तसम्ममा ८८ करोड ६४ लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी चालु आर्थिक वर्षको असोज महिनासम्ममा दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार गार्डियन माइक्रो लाइफले १ हजार ७४१ वटा बीमा पोलिसी बिक्री गरी १९ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनी भदौ महिनामा मात्रै ७५९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ९९० वटा बीमा पोलिसी विक्री गरी ११ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले भदौ महिनामा मात्रै ६२९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ३२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।