कम प्रिमियममा ठुलो रकमको आजीवन बीमा गर्न सकिने नेपालकै पहिलो ‘सूर्यज्योति सहि प्लान’ सार्वजनिक

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने ‘सूर्यज्योति सहि प्लान’ सार्वजनिक गरेको छ ।

शुक्रबार एक कार्य्रकम गर्दै कम्पनीले ‘सूर्यज्योति सहि प्लान’को विधिवत उद्घाटन गरेको हो । बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा ‘सूर्यज्योति सहि प्लान’ को उद्घाटन गरेका हुन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न विशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यबाद दिनुका साथै गरिबले पनिबीमा गर्न सक्ने कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफु हर्सित भएको बताए । यस पोलिसिबाट आमजनता लाभान्वित हुनेमा उनको विश्वास रहेको छ ।

यो योजना तयार गर्दा देखि अन्तिम स्विकृती लिई नेपाली बीमा बजारमा ल्याउदा सम्म मार्ग निर्देश गर्नुहुने बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र स्वयं अध्यक्ष सूर्य प्रसाद सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबाद व्यक्त गर्नुका साथै नेपाली आमजनताले पनि लिन सक्ने यो योजना पस्कन पाउदा खुशी व्यक्त गरे ।

नेपाली जीवनबीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्यनजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न , आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ’सहिप्लान’ पहिलो पटक सूर्यज्योतिले पस्केको हो । बीमाक्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार प्राय नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकमभएको बीमाखरिद गर्ने बुझिएको छ । केहि बिपत्ति आईलागे पछि उक्त सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्तनहुने र परीवारनै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ ।

यहि कमीलाई नै पुरा गर्ने अठोटका साथ सूर्यज्योतीले ‘सहिप्लान’ नामक बीमा योजना ल्याएको हो । उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० वर्ष पुगे पछि तिरेको सम्पुर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले आम जीवनमा आईपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तमहुनका साथै पहिलो र नविनतम विशेषताहरु सहित आएको हुनाले पक्कै पनि हरेक नेपालीको रोजाईको रुपमा यो सहि प्लानहुनमा आफु ढुक्क रहेको बताएका छन् । ‘हरेक घर ,एक बीमा’ को रुपमा यो बीमा योजनालाई पुर्याउने लक्ष्य सूर्यज्योतिको रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रस्ट पारे ।

सहि सोचौ, सहि रोजौ भन्ने मूल नाराका साथ ल्याइएको यो सहि प्लानमा ७० वर्षको उमेर पछि तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुदा आफुलाई बुढेसकालको सहारा हुने, कम रकममा ठुलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठुलै हुने हुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षवारणमा सहज हुने हुनाले यदि पहिले बीमा लिईसकेको भएपनि यो सहि प्लान दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए ।

सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरुको हित र सुबिधालाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किदै आईरहेको छ । कम्पनीले बीमाक्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।

कम्पनीले जीवनबीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र कम्पनी बन्दै पहिलो आइ.एस.ओ ९००१–२०१५ द्वारा विभूषित एकमात्र जीवनबीमा कम्पनी बन्न सफल भएको छ । हालकम्पनीको चालु पूजी ४ अर्ब ५४ करोड, लगानी ३४ अर्ब, जीवनबीमा कोष २९ अर्ब ५० करोड, नेटवर्थ ६ अर्ब २२ करोड र जारी बीमालेख संख्या २२ लाख साथै देशैभरि फैलिएका १७६ शाखा संजाल र कम्पनीमा सक्रिय रुपमा आवद्ध करिव ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।