नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको आठौँ वार्षिक साधारणसभा सम्पन्न


नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

बैंकले प्रधान कार्यालय, कमलादी, काठमाडौंमा एक कार्यक्रम गरी सम्पन्न गरेको हो । उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै यस कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई चार वर्षका लागि नियुक्त समेत गरेको छ ।उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।