बुधबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।










प्रतिक्रिया