तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

0
Shares

तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ ।

सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएपछि न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल राष्ट्र बैंकको जाहेरीमा न्यौपानेलाई पक्राउ गरिएको हो । उक्त ऋण प्रवाहमा अनियमिततामा संलग्न भएका अन्य ११ जनालाई समेत साे मुद्दामा प्रहरीले पक्राउ गरेको छ । थप एक जनालाई पक्राउ गर्ने तयारी भइरहेको बताइएकाे छ ।

न्यौपानेले सेञ्चुरी बैंकमा रहँदा पुजा मार्केटिङ्ग नाममा प्रवाह गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋण प्रकरणमा उनीहरु पक्राउ परेका हुन् ।

न्यौपाने २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । प्रभु बैंकसँग सेञ्चुरी मर्जर भएपछि उनी प्रभु बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।

सेञ्चुरी ऋण अनियमितता प्रकरणः पूर्व सीईओ गौतम पनि पक्राउ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।