एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

0
Shares

एभरेष्ट बैंक लिमिटेडको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको असोज ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

साधारण सभाबाट पारित भएको नगद लाभांश भने बैंकले यसअघि नै वितरण गरिसकेको छ। साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुकक्लोज गरेको थियो । यसअनुसार असोज १५ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बैंकको लाभांश पाउनेछन् ।

सोमबार सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।