सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार ऋणात्मक रहेको भएपनि ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार तमु ल्होसारको सार्वजनिक विदापछि सोमबार खुलेको बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच चर्को बार्गेनिङ्ग चल्दा बजार पौने ९ अंक ऋणात्मकमा टुङ्गिएको छ ।
अंग्रेजी वर्ष सन् २०२४ को पहिलो दिन नेप्सेमा गिरावट देखिएको हो । यसअघि पनि चार कारोबार दिनसम्म नेप्से घटेको थियो । यसदिन नेप्से परिसूचक बुधबार ८.७५ अंकले घटेर २०६० दशमलव १५ विन्दुमा कायम भएको छ । तर यसै दिन सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यसदिन बिपीडब्लू लघुवित्त ८.१८ प्रतिशत, न्यादी हाइड्रोपावर ७.७० प्रतिशत, सानिमा ग्रोथ फन्ड ७.१० प्रतिशत र लक्ष्मी लघुवित्तको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ ।
उता आजको बजारबाट मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८.०९ प्रतिशत, मनकामना इन्जिनियरिङ्गको ६.५९ प्रतिशत, मैलुङ्गखोला जलविद्युत ६.५५ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ६.५१ प्रतिशत र अपर हेवाखोलाको सेयर मूल्य ६.३९ प्रतिशतले घटेको छ ।
नेप्से ओरालो लागेपनि कारोबार रकम भने बढेको छ । सोमबारको बजारमा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँमा बराबरको कारोबार भएको छ । यसदिन ३०७ कम्पनीका १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर १ लाख २ हजार ९०५ वटा संख्यामा सेयर खरिद बिक्री भएको हो । बिहीबार ४ अर्ब २९ करोड ९ लाखको कारोबार भएको थियो ।

आज कारोबारमा आएका पाँच उपसमुहगत सूचक बढ्दा आठ वटा घटेका छन् । उत्पादन तथा प्रशोधनमुलक, लगानी, बैंकिङ्ग, विकास बैंक र ब्यापार हरियो रहे भने जलविद्युत, होटल तथा पर्यटमुलक र जीवन बीमा लगायतका ऋणात्मक रहे । उत्पादन तथा प्रशोधनमुलक र लगानी समान १.०७ प्रतिशतले बढेको छ भने जलविद्युत १.८७, होटल तथा पर्यटमुलक १.६७ र जीवन बीमाको सूचक १.५८ प्रतिशतले ओरालो लागेको छ ।
यसदिनको बजारमा शिवम् सिमेन्टसको सर्वाधिक २० करोड १३ लाख तथा सोनापुर मिनरल्स एण्ड आयलको २० करोड १२ लाख बढीको कारोबार भएको छ । यस्तै हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १० रोड ८२ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९१ लाखको सेयर खरिद बिक्री भएको छ ।
घोराही सिमेन्टस, आइएमई लाइफ, माउन्टेन इनर्जी नेपाल र हिलमायन डिष्टलरी शीर्ष दश कम्पनीमा समेटिएका छन् । यी कम्पनीको १० करोड माथिको सेयर खरिद बिक्री भएको छ । एनआरएन इन्फ्रास्टक्चर, हिमालयन डिष्टिलरी सन नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको भिजन लुम्बिनीको ८ करोड ३० लाख माथिको सेयर खरिद बिक्री भएको छ ।
सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण घटेर ३२ खर्ब ३० करोड ९ लाख ८ हजार रुपैयाँमा समेटिएको छ । सोमबार मात्रै बजार पुँजीकरण १३ अर्ब ५९ करोड ३२ लाख रुपैयाँले घटेको हो । सात कारोबार दिनमा साढे ९ प्रतिशत वृद्धि भएको नेप्से पछिल्ला पाँच कारोबार दिनमा परिसूचक ३.८५ प्रतिशत घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया