हिमालयन जाभामा ‘हाम्रो पे’ बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासव्याक


हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो ।

हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल, मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफर लागू हुने बताइएको छ ।

भाटभटेनीमा हाम्रो पेको स्पिन एन्ड विन अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानीमा १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।