बिहीबार अमेरिकी डलरको भाउमा वृद्धि


अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको हो ।

बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ रहेको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०२ पैसा र बिक्री दर ८७ रुपैयाँ ४१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।