शाओमीको बजेट मैत्री रेड्मी १३ सि स्मार्टफोन नेपालमा


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । शाओमीले रेड्मी १२ सि को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित उपलब्ध यस नयाँ रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी १३ सि को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्ने विश्वास लिएको बताए ।

रेड्मी १३ सि १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित छ जसले स्मुथ पर्फरमेन्स सुनिश्चित गर्दछ । रेड्मी १३ सि ६ जिबी + १२८ जिबी र रेड्मी सि –श्रृङ्खलामा पहिलो पटक– ८ जिबी+२५६ जिबी भेरिएन्टहरुमा उपलब्छ छ ।

रेड्मी १३ सि १६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई तथा १९२ ग्राम तौलमा उपलब्ध छ ।
रेड्मी १३ सि मा ५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा रहेको छ। यसै गरी फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनि उपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा भिडियो रेकर्डिङ गर्दछ ।

रेड्मी १३ सिको ५ हजार एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टर सहित आउने यस रेड्मी १३ सि लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।

रेड्मी १३ सि को साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्दछ। साथमा यो स्र्माटफोनमा एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जि, ३ जि र २ जि नेटवर्कपनि उपलब्ध छ ।

रेड्मी १३ सि मा ३.५ एमएमको हेडफोन ज्याक र एएसी÷एसबिसीको सर्पोट सहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ मा आधारित मी युआई १४ मा चल्दछ जसले सुविधा सम्पन्न र सहज इन्टरफेस प्रदान गर्दछ ।

रेड्मी १३ सि ले जिपिएस, ग्लोनास, ग्यालिलियो र बेइडौ सर्पोट गर्दछ जसले गर्दा यसले सटीक नेभिगेसन र पोजिसनिङ प्रदान गर्दछ । रेड्मी १३ सि मा भर्चुअल प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिक कम्पास जस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।