मान्डु हाईड्रोपावरको खुद नाफा १७ करोडमाथि

0
Shares

मान्डु हाईड्रोपावरको विद्युत बिक्री आम्दानी ४ प्रतिशतले घटेपनि खुद नाफा भने ११.७८ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार माण्डूले १७ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।गत आवको सोही अवधिसम्म कम्पनीले १५ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

मान्डु हाईड्रोपावरले विद्युत बिक्रीबाट आम्दानीबाट ४१ करोड ५२ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख २९ हजार रुपैयाँ कमाएकोमा ४.०४ प्रतिशतले घटेको हो ।

चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २५ रुपैयाँ २ पैसा छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २९.४२ गुणा छ ।

समीक्षा अवधिसम्म कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख ७ हजार कायम भएको छ । कम्पनीसँग २ अर्ब १२ करोड १५ लाख रुपैयाँ ऋण दायित्व छ ।

समीक्षा अवधिसम्म कम्पनीको जगेडा कोषमा ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियममा १७ करोड ६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँका आधारमा आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ छ ।

माण्डूले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारको १० प्रतिशत अर्थात् कर प्रयोजनसहित १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर १५ गते साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । साधारणसभाका लागि गरिएको बुकक्लोजका आधारमा मंसिर ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाएका थिए ।

माण्डु हाइड्रोपावरले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म १२ लाख ५ हजार ३२० कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।