फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड भिड्दै


त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल बहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ ।

नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।