श्रम मन्त्री अर्याल र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता, ई-७ भिसाबारे छलफल


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसंग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाई योङले शिष्टाचार भेटवार्ता गरेका छन् । श्रम मन्त्रालयमा मंगलबार सम्पन्न भेटवार्तामा उनीहरुका बीचमा द्विपक्षीय श्रम सम्बन्धका विविधि पक्षका छलफल भएको बताइएको छ ।

श्रम मन्त्रालयका अनुसार उनीहरु बीचमा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतका सहकार्यको पुनःस्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने सम्बन्धमा कुराकानी भएको थियो ।

यस्तै, भेटवार्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) लाई व्यवस्थित गरेर थप कामदार लैजाने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई(योङसँगको भेटमा ईपीएसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको छ । कोरियाबाट फर्किएर पुनः परीक्षामा सहभागी भई रोस्टरमा रहेकालाई प्राथमिकतामा राखी रोजगारीमा लैजाने व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका थिए ।

कोरियामा नेपाली कामदार लैजाने प्रणाली सबै मुलुकको हकमा समान रहेको, मागको तुलनामा आपूर्ति पक्ष धेरै हुँदा व्यवस्थापनमा केही कठिनाइ परेको र दुवै पक्षबाट विद्यमान प्रणालीको समीक्षा गर्दै थप सुधारका क्षेत्र पहिचान गरेर अगाडि बढ्न कोरिया सरकार तयार रहेको राजदूत योङले बताएका थिए ।

इपिएस अन्तर्गत नेपालमा कार्यरत मानव संशोधन कोरियामा संलग्न कोरियाली कर्मचारीलाई उचित र सहज कार्य वातावरण सिर्जना गर्न राजदूत योङले आग्रह गरेका थिए । उनीहरूलाई उच्च मनोबलका साथ काम गर्ने अवस्था बनाइराख्न नेपाल सरकारको सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

जवाफमा मन्त्री अर्यालले उचित कार्य वातावरण बनाउने र सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने विश्वास दिलाएका थिए । हालै ई–७ भिसा प्रणालीबाट नेपाली कामदार दक्षिण कोरिया पठाउने सम्बन्धमा मन्त्रालयबाट भएका निर्णय एवम् सञ्चारका माध्यममा आएका विषयहरूप्रति राजदूतले चासो समेत राखेका थिए ।

मन्त्री अर्याले उक्त विषयमा अध्ययन तथा छलफल गरिरहेको भन्दै आफ्नो प्राथमिकता नेपाली कामदारको अधिक हित र सुरक्षा रहेको बताएका थिए । मन्त्री अर्यालले ईपीएस प्रणालीबाटै ई-७ भिसा प्रणालीलाई पनि आबद्ध गराउने विषयमा मन्त्री अर्यालले जिज्ञासा राखेका थिए । जवाफमा राजदूतले ई-७ लाई ईपीएस प्रणालीलाई आबद्ध गराउन समय लाग्ने बताउँदै जुनसुकै प्रणालीबाट आफ्नो देशमा कामदार पठाउँदा पनि नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेमा आफूहरू सचेत रहेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।