आसिफ र कुशलको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य


भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।

नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १८१ रन बनाएको हो। यो खेलमा नेपालका दुवै ओपनरले अर्धसत्तक बनाए। टस हारेर पहिला ब्याटिङ निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाएर आउट भए। यस्तै आसिफले अर्धसत्तक बनाए।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।