सुनको भाउ घट्दा चाँदी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला ८०० सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४०० सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।