लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार


लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्‌राइज बैंकको स्थान-भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान-हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेठ २०८१, आइतबार  १७ : २७ बजे