आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुन – LIVE


दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा रहेका वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।

प्रधानन्त्री कार्यालयबाट निस्किएर नयाँ बनेश्वरस्थित संसद भवन पुगेर मन्त्री पुनले बजेट वक्तव्य सार्वजनिक गरेका हुन् । दोस्रो पटक अर्थमन्त्री भए पनि पुनले पहिलो पटक बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।

उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य भएको हो । संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

बजेट वक्तव्य सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण …

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।