एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद बेच्ने

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । उक्त सेयर बिक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) गत जेठ २३ गते अनुमति माग्दै निवेदन दिएको हो ।

कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । सेबोनबाछ अनुमति पाएपछि एशियन लाइफलेले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेकोन्यूनतम ५ अर्ब पुँजी कायम गर्न कम्पनीलाई अझै १७ करोड २३ लाख रुपैयाँ अपुग हुनेछ । उक्त पुँजी कम्पनीले बोनसबाट पुर्याउनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।