एनआईसी एशिया बैंक २७ औं वर्षमा प्रवेश


एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश भएको छ । बैंक साउन ५ गतेदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा लागेको हो ।

यो अवसरमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दावी गर्दै एनआईसी एशियाले आफ्नो २७औं वार्षिकोत्सव मनाउने भएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवधिमा साथ सहयोग गर्ने ग्राहक, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू सबैलाई धन्यवाद दिएको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएका छन् ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेका छौं र गत अर्थिक वर्ष २०८०\८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।