त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा छन् । काठमाण्डौंबाट पोखराको लागि उड्ने बेलामा दुर्घटना भएको बताइएको छ । 

अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेका सबै जहाजहरु रोक्किएका छन् । उड्न तयारी अवस्थामा रहेका यात्रुहरु जहाजभित्रै रहेका छन् भने बाहिरबाट आएका जहाजहरु पनि होल्ड गरिएको छ । थप विवरण आउन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।