थाई एयर एसियाले पायो उडान अनुमति, सातामा भैरहवामा चार र काठमाण्डौंमा तीन उडान गर्ने


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाइ एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

थाइ एयर एसियाले एक हप्तामा सात उडानको अनुमति मागे बमोजिम उडान अनुमति दिएको बताएको छ। अब थाइ एयर एसियाले हप्तामा चार दिन भैरहवा विमानस्थलबाट बैंकक उडान गर्ने छ भने ३ उडान काठमाडौंमा गर्ने भएको छ।

हाल भैरहवाबाट नेपाल एयरलाइन्सले हप्तामा एउटा मात्रै बैंककसम्म उडान गर्दै आएको छ । यसअघि भैरहवामा हिमालय एयरलायन्स र जजिरा एयरलायन्सले उडान गरेका थिए । पछिल्लो समय दुबैले उडान स्थगन गरेका छन् ।

थाइल्याण्डको बैंककबाट काठमाडौं र भैरहवा उडानका लागि थाइ एयर एसियाले उडानका लागि अनुमति पाउन निकै प्रयास गर्दै आएको थियो। २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत नेपाल फर्किन चाहे पनि प्राधिकरणले पुरानो बक्यौता नतिरी उडान अनुमति नदिदा उडान गर्न सकेको थिएन ।

तर, पछिल्लो ६ महिनादेखि नियमित किस्ता बुझाइरहेको प्राधिकरणले उडानको अनुमती दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।