डलरको भाउ ऐतिहासिक बिन्दुमा, रेमिट्यान्स र पर्यटनमार्फत हुने आम्दानी बढ्ने


मंगलबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । जुन हालसम्म कै उच्च हो ।

यस अघि साउन १९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । सो दिन डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो।

डलरको भाउ बढ्दा नेपाली पैसा कमजोर हुने भएतापनि रेमिट्यान्स र पर्यटनमार्फत् हुने आम्दानी बढ्ने अर्थविद्हरु बताउँछन् । अहिले दैनिक दुई हजार नेपाली वैदेशिक रोजगारीको लागि जाने गरेका छन् । त्यँहा गएका लाखौँले कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्। डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्ने गर्दछ । यसले गर्दा मूलुकलाई फाइदा हुने अर्थविदहरुको बुझाइ छ ।

यता, विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढ्ने उनीहरुको तर्क छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्ने भएकोले पर्यटनमार्फत् हुने आम्दानी बढ्ने भएको हो ।

तर, नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेकोले डलर बढ्दा नेपाललाई घाटा पनि हुने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य कमजोर हुने गरेको छ । यस्तै, डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो पुग्ने अर्थविद्हरु बताउँछन् ।

मंगलबार कुन विदेशी मुद्राको भाउ कति

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा रहेको छ ।.

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ २५ पैसा र बिक्री दर ३० रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।