भिजन इनर्जि एण्ड पावर लिमिटेडले आइपीओ जारी गर्ने


भिजन इनर्जि एण्ड पावर लिमिटेडले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २० गते बसेको बैठकले नवौं बार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले भदौ १४ गते दिनको ३ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने भएको छ । सभाले अधिकृत र जारी पूँजी बृद्धि गर्ने विषेश प्रस्ताव पारित गर्नुका साथै प्रारम्भिक शेयर निष्काशन (आइपीओ) मार्फत कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्ने विषेश प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कम्पनीले आर्थिक बर्ष २०८०\८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक बर्ष २०८१\८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा पनि छलफल गरी प्रस्तावहरु पारित गर्ने कार्यसूची पनि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।