नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा नगद लाभांश वितरण हुने बैंकले जनाएको छ ।












प्रतिक्रिया