काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२ दशमलव १४ अंकले उकालो लागेर २ हजार ७६० दशमलव २१ मा पुगेको छ ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ६१ अंकले उकालो लागेर ४९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।
कुल २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स ९ दशमलव ७१, सानिमा जिआइसी इन्सुरेन्स ४ दशमलव १३, दिव्यश्वरी हाइड्रोपावर ३ दशमलव ९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३ दशमलव ५० प्रतिशतले गुमाएका छन् ।












प्रतिक्रिया