सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने छ।

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।