बोटलर्स नेपाल (तराई) ले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने


बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।