एनएमबि बैंकका सेयरधनीको हात खाली


एनएमबि बैंक लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।