हिमालयन डिष्टिलरीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने


हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुने छ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।