हकप्रद शेयर निष्काशन गर्दै पाँचथर पावर कम्पनी


पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।