काठमाडौँ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री विद्या भट्टराईले मुलुकको समृद्धिका लागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राखेकी छन् ।
नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेकी मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दैै जानुपर्नेमा जोड दिइन् ।
“राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टलिजेन्स (एआई)को प्रयोग बढाउँदै जानुपर्छ”, उनले भनिन् ।
मन्त्री भट्टराईले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको उल्लेख गरिन् । उनले विभिन्न रोग निवारण, फोहर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तनलगायत विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पु¥याएको बताइन् ।
उनले प्रतिष्ठानको उद्देश्य प्राप्त गर्नका लागि समन्वय र सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिष्ठानले विज्ञान र प्रविधिमार्फत मुलुकलाई उज्यालो भविष्य तिर डोहो¥याउनेमा विश्वास व्यक्त गरिन् ।










प्रतिक्रिया