उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालका बैंक वित्तीय संस्थामा रहेको लगानीयोग्य रकम उद्यम तथा कलकारखानामा परिचालन हुन नसकेको बताएका छन् ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै खनालले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता हुँदा व्यक्ति व्यक्तिमा भने तरलताको अभाव रहेको बताएका हुन् ।
नेपालको बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका उनले व्यवसायीहरूलाई कर्जा प्राप्त गर्न समस्या रहेको बताएका थिए । व्यक्ति र व्यवसायीको अवस्था उस्तै रहेको बताएका उनले व्यवसायीहरूले कर्जा पाउन समस्या भोगिरहेको र धेरै बैंकहरूले कर्जा दिन नचाहेको बताए । केही बैंकले मात्र क्षमता भएर कर्जा नदिएको भन्दै उनले अन्य बैंकको हकमा अवस्था फरक रहेको बताएका हुन् ।
बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी नियमन भएपनि सम्पत्तिको गुणस्तर घट्दो अवस्थामा हुँदा समस्या उत्पन्न भएको उनको भनाई थियो । निष्क्रिय कर्जाको दर बढिरहेको अवस्थाले यसलाई प्रष्ट पार्ने भन्दै उनले झन धेरै समस्या भएको हुन सक्ने र त्यस्ता तथ्यहरु समायोजन गरिएको हुन सक्ने बताए ।
नेपालको अर्थतन्त्रमा तीन किसिमका अन्तरबिरोध रहेको बताएका उनले बैंकिङ र वित्तीय क्षेत्रका समस्यासँगै आन्तरिक र बाह्य क्षेत्रको सन्तुलनमा चुनौती रहेको उनको भनाई थियो ।
प्रतिक्रिया