लुम्बिनी सेरामिक्सको लेमिनार भिट्रिफाइड टायल उद्योग, टायलमा आत्मनिर्भर बनाउने बाटोमा


परम्परागत रुपमा घर बनाउने चलन घट्दै जाँदा बजारमा विभिन्न किसिमका टायल उद्योगहरुको उपस्थिती बढ्दै गएको छ । आधुनिक घरहरुमा लिभिङ रुम, बेडरुम, भान्साकोठा वा शौचालयको भुइँ वा भित्ता, पार्किङ, घरको बाहिरी आवरणलाई आकर्षक बनाउन मार्बल, ग्रेनाइट वा टाइलको प्रयोग बढ्दै गइरहेको अवस्थामा यस्ता उद्योगको उपस्थिती बढ्दै गएको हो ।

यसै क्रममा नेपालको कान्छो टायल उत्पादक उद्योगको रुपमा स्थापित लुम्बिनी सेरामिक्सले देशलाई टायलमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ गूणस्तरीय टायल उत्पादन र बजारीकरणलाई तिब्र बनाएको छ ।

बर्दियाको गुलरियामा रहेको उद्योगबाट लेमिनार ब्राण्डका टायल उत्पादन गर्दै आएको कम्पनीले बजार उपस्थिती पनि आक्रामक बनाउँदै लगेको छ । गूणस्तरमा अन्य उद्योगभन्दा अघि रहेको दाबी गर्दै कम्पनीले बजारमा आफ्ना उत्पादन लोकप्रिय हुँदै गएको दाबी गरेको छ ।

टायलको आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउन उपभोक्ताको आवश्यक्ता अनुसारका टायलहरु उत्पादन गरिरहेको कम्पनीको भनाई छ । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्दै आएको टायल गूणस्तर र मूल्यका कारण उपभोक्ताको रुचाईमा पर्न थालेको कम्पनीका निर्देशक अभिनव चुरिवाल बताउँछन् ।

छिद्रपन कम हुने टायल सबैभन्दा उत्तम वर्गको टायल हुने बताउँदै चुरीवालले आफुहरुले त्यस्तै टायल उत्पादन गर्दै आएको बताए । यस्ता टायललाई भिट्रिफाइड टायल भनिन्छ । नेपालमा लुम्बिनी सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने एकमात्र कम्पनी रहेको उनको भनाई छ । कच्चा पदार्थ र टायल उत्पादनका निमित्त फरक फरक भवनमा जडान गरिएका आधुनिक उपकरणले उत्पादन क्षमता र गूणस्तर प्रभावकारी भएको उद्योगको भनाई छ । भार बहन जाँच, जलन जाँच, सेतोपना, चिल्लोपना आदिमा पनि लेमिनार टायल्सलाई प्रतिस्पर्धा दिने अर्को नेपाली ब्रान्ड नभएको उनको दाबी छ ।

बर्दियाको गुलरियामा ४ अर्ब रुपैयाँ लागतमा साढे १२ बिगाह जमिनमा यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उद्योग स्थापना भइ व्यवसायिक रुपमा टायल उत्पादन हुँदै आएको छ । ५०० भन्दा बढी आकर्षक डिजाइनमा लेमिनार ब्राण्डका टायल उत्पादन गर्दै आएको उद्योगले आफ्ना उत्पादन ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ हुने जनाएको छ ।

“लेमिनार नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्रान्ड हो,” लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवाल भन्छन् । २०८१ भदौ १ गतेदेखि सञ्चालनमा आएको उद्योगले छोटो समयमा कमाएको लोकप्रियताका कारण देशभर १०० डिलरमार्फत उत्पादन बिक्री वितरण गर्न थालिएको उनी बताउँछन् । “४ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उद्योगमा कोटिङ र प्रिन्टिङका लागि इटली र स्पेनको प्रविधि उपयोग गर्छौं भने कच्चा पदार्थको रुपमा प्रयोग हुने माटो भारतको राजस्थानबाट आयात गर्छौं,” चुरिवाल भन्छन् ।

कमभन्दा कम धुलो तथा वायु उत्सर्जन गर्ने यो उद्योगले कुनै ढल वा केमिकलजन्य लेदो उत्पादन नगर्ने बताउँदै उनले उद्योग परिसरमा नै धुलो, फोहोर तथा केमिकल प्रशोधन हुने जानकारी दिए । “हामीले उत्पादन मात्र नभई वातावरणीय पक्षलाई समेत ध्यान दिएका छौं । उद्योगभित्र प्रयोग हुने पानी शतप्रतिशत पुनः प्रशोधन हुन्छ । यसका लागि हामीले विशेष उपकरण जडान गरेका छौं ।”

हाल भारतको राजस्थानबाट उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउँदै गरेको उद्योगले सुदुरपश्चिमकोे डडेलधुरामा उपयुक्त खानी पहिचान गरिसकेको छ । उक्त खानीबाट कच्चा पदार्थ आपुर्ति गर्न सके लगान कम पर्न गइ बजार मूल्य घट्ने  चुरिवालको भनाई छ ।

प्रति वर्गफुट ८० देखि २०० रुपैयाँसम्म पर्ने लेमिनारका टायल विभिन्न किसिमका गुणस्तर जाँच गरी बजारमा पठाइन्छ । चुरिवालका अनुसार लेमिनार टायल सेतोपना, आगो परीक्षण, भारक्षमता परीक्षणमा पनि प्रतिस्पर्धी टायलभन्दा अब्बल छ ।

“अहिले बजारमा भेट्रिफाइडको नाममा धेरै पानी सोस्ने टायल बेचिने गरिएको छ तर हामीले आफ्नो टायलको कच्चा पदार्थदेखिनै गुणस्तर र मापदण्डलाई ध्यान दिएका छौं,” चुरिवाल भन्छन् । इटाली र स्पेनबाट केमिकल र आवश्यक रंगहरु आयात गर्नुका साथै उपकरणहरु पनि सोही अनुसार जडान गरी फरक फरक टेक्चर, डिजाइन र कलरमा टायल उत्पादन गर्न स्वचालित मेसिन समेत जडान गरिएको उनको भनाई छ ।

लेमिनार टायल्सले आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीन गुणस्तर प्रमाणपत्र पाइसकेको छ ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  १९ : ०२ बजे