सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सले फागुन १५ गते, लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २ गते एक दिनका लागि बकुक्लोज गर्ने भएको छ। जस अनुसार फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार  १० : ०४ बजे