आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो। माघ २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेछ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार  ११ : ५२ बजे