घरजग्गा कारोबारबाट माघ महिनामा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएको छ । जुन पुसको तुलनामा ३७ करोड रुपैयाँले कम हो । पुस मसान्तमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।
विभागका अनुसार सो महिनामा सेवा करबाट २३ करोड ७४ लाख ८२ हजार छ सय १० सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट दुई अर्ब ५१ करोड ९४ लाख ३५ हजार एक सय ३९, पूँजीगत लाभकरबाट एक अर्ब ४५ करोड ५५ लाख ८८ हजार दुई सय ९ प्राप्त भएको छ ।
काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख ४० हजार ६ सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।
यस्तै, मालपोत कार्यालय डिल्लीबजारबाट २६ करोड ९२ लाख, मालपोत कार्यालय कलंकीबाट २६ करोड, मालपोत कार्याल भक्तपुरले २४ करोड ४२ लाख, मालपोत कार्यालय चाबाहिल २० करोड ७९ लाख, मालपोत कार्यालय साखुबाट १० करोड २६ लाख, मालपोत कार्यालय टोखाले ८ करोड ३८ लाख राजस्व संकलन भएको छ । सबैभन्दा कम राजस्व संकलन सिर्दिवासबाट भएको छ । सिर्दिवासबाट ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया