रेमिट्यान्स सेवालाई सीमा विहीन बनाउदै सिटिजन्स बैंक, मोबाइलबाट सबै सेवा लिन सकिने 


सिटिजन्स बैंक इन्टरनेशनलले रेमिट्यान्स सेवालाई प्रविधिसँग जोडेर सीमा विहीन बनाएको छ । बैंकले विदेशबाट सिटिजन्स रेमिट मार्फत पठाएको पेसा सिधै बैंक खातामा वा नगद लिन सकिने व्यवस्था गरेको हो । 

रेमिट्यान्स पाउनेर/पठाउने भोग्नु परेका झन्झटलाई मध्यनजर गर्दै सीमा विहीन सेवा सुरु गरेको बैंकका रेमिट्यान्स विभागका प्रमुख विष्णुमान श्रेष्ठले बताए । “बैंकका खातावाला मात्र नभई अन्य ग्राहकले पनि आफ्नो खाता भएको सम्बन्धित रेमिट्यान्सलाई जममा गर्न सक्छन्, ”श्रेष्ठल भने, “बैंक खातामा जम्मा गर्ने मात्र नभइ  नगद लिन/पठाउन पनि उत्तिकै सहज छ ।” 

बैंकले मोबाइल मार्फत अन्तराष्ट्रिय स्तरमा रेमिट्यान्स पठाउन र पाउन सकिने सेवा प्रदान गर्दै आएको छ । त्यसका लागि बैंकले धेरै भन्दा धेरै रेमिट कम्पनी तथा एजेण्ट संग सहकार्य पनि गरेको छ । बैंकको यो सेवाबाट मोबाइल बैंकिङ तथा वालेटबाट नै रेमिट्यान्स पाउन सकिन्छ । यो सेवा विदेशमा रहेका जो कोहीले पनि प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ छ । जहाँ भएपनि नेपालको जुनसुकै ठाँउमा पैसा पठाउन सकिन्छ । 

विदेशमा पनि काम गर्ने कामदारको पैसा बैंक खातामा नै आउने बताउँदै श्रेष्ठले भने,“त्यो खाताको पैसालाई उनीहरूले डिजिटल माध्यमको प्रयोग गरेर पठाउन सक्नेछन् ।” विदेशमा भएकाले पैसा पठाउन आफ्ना खाता भएको बैंकको एपमा गएर इन्टरनेशनले रेमिट्यान्स अप्सनमा आउने देश र बैंक मध्ये नेपाल र सिटिजन्स बैंक छनोट गर्नु पर्ने हुन्छ । त्यसपछि क्यास पठाउने वा एकाउन्टमा डिपोजिट गर्ने २ प्रकारको डिस्प्ले देखाउँछ । त्यो अप्सममा आफुले चाहेको छनौट गरी आवश्यक विवरण भर्नुपर्छ । 

विदेशबाट पठाएको बैङ्कसँग सिटिजन्स बैंकको सम्झौता रहेको खण्डमा सिधै खातामा आउँछ । यदि सम्झौता छैन भने कुनै एक रेमिट्यान्स एजेन्ट माफर्त पैसा आउँने उनले बताए । उताबाट डिजिटल्ली नपठाएको पैसा समेत नेपालमा डिजिटल्ली पाउन सकिन्छ ।

परम्परागत रुपमा पठाएको हो भने पनि पैसाको पिन नम्बर पाइन्छ । त्यो पिन नम्बर यहाँ पैसा पाउने व्यक्तिलाई टिपाइ दिनुहुन्छ । त्यो त्यहि पिन नम्बरको आधारमा पैसा पाउन सकिन्छ । त्यो पिन नम्बर लिएर सिटिजन्स बैंकको शाखा वा एजेन्डामा गएर लिन सकिने छ ।

यदि त्यो पैसा समेत डिजिटल्ली नै भुक्तानी लिने हो भने सिटिजन्स मोबाइल बैंकिङ वा वालेट बाट रेमिट्यान्स अप्सनमा गए त्यहाँ सिटिजन्स बैंक सेलेक्ट गर्ने त्यहाँ पैसा पठाउने व्यक्तिले पठाएको पिन नम्बर र आवश्यक विवरण भरे पछि घरमै बसेर पैसा पाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

सिटिजन्स रेमिट सेवा प्रयोग गरी ग्राहकहरूले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १९७ वटा शाखा तथा २० हजारभन्दा बढि एजेन्ट/सब एजेन्ट बाट  नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन् । सिटिजन्स रेमिटबाट २४सैं घण्टा पैसा प्राप्त गर्ने सकिन्छ । बैंकले करिब ५० राष्ट्रबाट सजिलै पैसा प्राप्त सकिने व्यवस्था मिलाएको जानकारी उनले दिए । 

बैंकले हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा एटिएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति: ८ फागुन २०८१, बिहीबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।