बिहीबार किन बन्द हुँदै छ मनकामना केबलकार ?


काठमाडौँ । गाेरखास्थित मनकामना केबलकार आगामी बिहीबार (चैत १४) १ दिनकबा लागि बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिले सोमबार सूचना जारी गर्दै मर्मत सम्भारका लागि आगामी बिहीबार १ दिन केबलकार बन्द हुने जानकारी गराएको छ ।

मनकामना केबलकारको नियमित टावरको मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएकाे कम्पनीका नायब प्रबन्धक उज्वल शेरचनले बताए ।

त्यस दिन केबलकार बन्द हुँदा दर्शनार्थीलाई पर्ने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै शुक्रबारदेखि नियमित सञ्चालनमा ल्याइने जनाएको छ ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  १२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।