८ महिनामा वाणिज्य बैंकहरूले कमाए साढे ४३ अर्ब नाफा, कुनको कति ?


काठमाडौँ  । चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । माघ महिनासम्म ३६ अर्ब रुपैयाँ नाफा कमाएका बैंकहरूले फागुनमा ७ अर्ब ५० करोड रुपैयाँले नाफा बढाएका हुन्।

फागुन महिनामा वाणिज्य बैंकहरूको नाफा माघको तुलनामा २०.६० प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक छ। उसले ८ महिनाको अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यसपछि ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहँदै ४ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउन सफल भयो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै ४ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गर्‍यो ।

अन्य बैंकको नाफा कति ?

एभरेस्ट बैंक- ३ अर्ब रुपैयाँ

नेपाल बैंक लिमिटेड– २ अर्ब ९८ करोड रुपैयाँ

एनएमबी बैंक– २ अर्ब ७१ करोड रुपैयाँ

प्राइम कमर्सियल बैंक– २ अर्ब ५० करोड रुपैयाँ

प्रभु बैंक– २ अर्ब १९ करोड रुपैयाँ

स्टान्डर्ड चार्टर्ड बैंक– २ अर्ब १७ करोड रुपैयाँ

लक्ष्मी सनराइज बैंक– १ अर्ब ९९ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक– १ अर्ब ७२ करोड रुपैयाँ

सानिमा बैंक– १ अर्ब ६८ करोड रुपैयाँ

हिमालयन बैंक– १ अर्ब ६७ करोड रुपैयाँ

नेपाल एसबिआई बैंक– १ अर्ब २४ करोड रुपैयाँ

सिद्धार्थ बैंक– १ अर्ब २१ करोड रुपैयाँ

माछापुच्छ्रे बैंक– १ अर्ब १६ करोड रुपैयाँ

सिटिजन्स इन्टरनेसनल बैंक – १ अर्ब १६ करोड रुपैयाँ

सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकहरू

कुमारी बैंक – ९६ करोड ९१ लाख रुपैयाँ

एनआइसी एसिया बैंक – ८१ करोड ९९ लाख रुपैयाँ

कृषि विकास बैंक– ७४ करोड रुपैयाँ

प्रकाशित मिति: २८ चैत २०८१, बिहीबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।