सुनको भाउ हालसम्मै उच्च विन्दुमा


काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २०८.२ अमेरिकी डलर र चाँदी ३१.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ चैत २०८१, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।