सिटिजन्स बैंकद्वारा रक्षा नेपाल संस्थालाई सहयोग प्रदान


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षा गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ । बैंकले एक समारोहका बीच संस्थालाई सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।

बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै रक्षा नेपालले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको कुरा जनाएको छ । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २ वैशाख २०८२, मंगलबार  १६ : ४६ बजे