काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने ४ वटा निर्माण व्यवसायीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम विभिन्न कार्यालयको सिफारिसमा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको हो ।
कार्यालयका अनुसार नागार्जुन नगरपालिकाको सिफारिसमा बुल्ड ब्रदर कन्स्ट्रक्सन काठमाडौँलाई १ वर्षका लागि कालो सूचीमा राखेको छ ।
यस्तै, कैलाश गाउँपालिकाको सिफारिसमा एसएम कन्स्ट्रक्सन मकवानपुरलाई १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखेको छ ।
नेपाल वन निगम लिमिटेडको सिफारिसमा राना फर्निचर सः मिल उद्योग लमजुङलाई १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखेको छ ।
यस्तै, वनगाड कुपिण्डे नगरपालिकाको सिफारिसमा गौरीगोमा निर्माण सेवा सल्यानलाई १ वर्षका लागि कालो सूचीमा राखेको कार्यालयले जनाएको छ ।
कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक खरिदअन्तर्गतका कुनै पनि बोलपत्र प्रक्रियामा भाग लिन पाँदैनन् ।
प्रतिक्रिया