काठमाडौँ। लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
यसअवधिमा बैंकको नाफा २.२४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ८ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ छ ।
बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ छ । जगेडा कोषमा १७ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ रहेको छ । बैकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ ।
प्रतिक्रिया