आइतबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार ८०० रुपैयाले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबारको नै मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीकाे मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५.१३ अमेरिकी डलर र चाँदी ३२.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।