कारोबारको अन्तिम दिन पनि बढ्यो सेयर बजार, नेप्से परिसुचक २७ सय बिन्दुमाथि


काठमाडौँ । कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार परिसुचक नेप्से बढेको छ । बिहिबार नेप्से परिसुचक ९.१४ अंकले बढेर २७०३.९६ अंकमा पुगेको हो ।

बिहिबार कारोबारमा आएका ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९६ हजार ४११ पटक किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से परिसुचक ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँ पुगेको थियो ।
बिहिबार जीवन बीमा समूह सबैभन्दा बढी ३४५.८८ अंकले बढेको छ । निर्जीवन बीमा समूह २७९.१९ अंकले, वित्त समूह ९७.९० अंकले, विकास बैंक समूह ६७.६७ अंकले बढ्दा व्यापार समूह ५४.४६ अंकले घटेको छ ।

यस्तै नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको सेयर मूल्य ७.०८ प्रतिशत, भुगोल इनर्जीको सेयर मूल्य ६.७८ प्रतिशतले र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.५७ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँस लघुवित्तको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ५.५५ प्रतिशत, पाँचथर पावरको सेयर मूल्य ३.७९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ३.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर ३१ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लक्ष्मी सन्राइज बैंक १४ लाख १७ हजार ८३६ इकाईको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा शिवश्री हाइड्रोपावर २ हजार ८३१ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।

बिहिबारको कारोबार सँगै कुल बजार पूँजीककरण ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।