काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १६.६८ अंकले घटेर २ हजार ७०६.०४ को विन्दुमा कायम भएको हो ।
आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.५२ र व्यापार समूह १.०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.७०, विकास बैंक ०.७९, वित्त १.२७, होटल तथा पर्यटन १.३६, जलविद्युत् १.२२ र लगानी समूह ०.०६ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा ०.८७, लघुवित्त ०.५४, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.२२ र अन्य समूह १.०३ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ७.३३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६८ करोड ७६ लाख ९७ हजार ३६८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार ७६३ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया